नियम १४४
खर्च कटौतीको प्रस्ताव सम्बन्धी शर्त
कुनै शीर्षकको खर्च रकम घटाउन प्रस्तुत गरिने प्रस्ताव स्वीकार योग्य हुनको निमित्त नियम ६२ बमोजिमका शर्तको अतिरिक्त देहायका शर्त पूरा भएको हुनु पर्नेछ ः-
(क) कुनै एक शीर्षकसँग मात्र सम्बन्धित हुनु पर्ने,
(ख) कुनै एक विशेष विषय यथार्थ रूपमा खुलाएको हुनु पर्ने,
(ग) नेपाल सरकारको सरोकारको क्षेत्रभित्रको विषय हुनु पर्ने,
(घ) संचित कोषमाथि व्ययभार भएको रकमसँग सम्बन्धित हुन नहुने, र
(ङ) कुनै बैठकमा छलफल गर्नको निमित्त समय निर्धारित भइसकेको विषयमाथि त्यस्तो निर्धारित समय अगावै छलफल गर्ने विषय उठाएको हुन नहुने ।